खेलकुद

मैत्रीपुर्ण दौड प्रतियोगितामा आर्मी विजयी
राजु अधिकारी कालिका श्रावण २४ 
नारायणगढ जेसीज र नारायणगढ लेडी जेसीजको संयुतm आयोजना भएको संयुक्त जेसीज सप्ताहा अन्तगर्त दोस्रो दिन जेसीजको खुल्ला मैत्रीपुर्ण दौड प्रतियोगितामा द फेमस महेन्द्र दल विजयी भएको छ। नारायणगढको पुलचोक देखि केन्द्रिय बस टर्मिनल भरतपुरसम्म भएको दौडमा आर्मि र प्रहरी तालिम केन्द्रका जवान विजय भएका हुन् । दौडमा द फेमस महेन्द्र दलका तुलबहादुर साउद प्रथम , जुनियर प्रहरी शिक्षालयका विनोद खड्का द्धितिय र महेन्द्र दलकै सन्दिप खड्का तृतिय भएका हुन् ।
जेसी पदम श्रेष्ठको संयोजकमा भएको खेलकुद कार्यक्रममा  ५० भन्दा वढीको सहभागिता रहेको थियो  । साउन २३ गते बाट २९ गते सम्म सन्चालन हुने सप्ताहाब्यापी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सिमा सुरक्षा बलका डिएसपि प्रेम प्रकाश सिग्देलले रिबन समाएर दौडको उद्घाटन गर्नु भएको थियो । नारायणगढ जेसिजका अध्यक्ष बाबुराम रामदाम र नारायणगढ लेडिज जेसीजका अध्यक्ष जेसी निर्जनी प्रधानको अध्यक्षतामा भएको औपाचारीक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका, प्रहरी निरिक्षक सन्तोष पन्तको आतिथ्यता रहेको थियो। यस खेलमा सेन्ट्रल हस्पिटलले एम्बुलेन्स, क्लासिक ओएब टिसट, रुद्रवति ज्वोयर्लस, सतनजुली ट्राभल्स र इन्द्रदेव सिनेमा हलले विशेष सहयोग गरेको थियो ।
सप्ताहा ब्यापी खेल अन्तगर्त तेस्रो दिन बुधबार देवघाट धाममा खाद्यन्न वितरण हुनेछ । यस्तै , २६ गते नारायणगढ जेसीज हलमा वक्तृत्वकला प्रतियोगीता, २७ गते नारायणगढ जेसीज हलमा तालिम, २८ गते जिल्ला कारागार चितवनमा स्वास्थ्य शिविर,  २९ गते नारायणगढ जेसीज हलमा सम्मान तथा समापन कार्यक्रम हुने छ । 
 

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award