खेलकुद

मैत्रीपुर्ण फुटबल खेलमा जेसीज विजयी
कालिका श्रावण २३ राजु अधिकारी । 
नारायणगढ जेसीज र नारायणगढ लेडी जेसीजको संयुत आयोजना भएको संयुक्त जेसीज सप्ताहा अन्तगर्त पहिलो दिन जेसीज र पत्रकार विचको मैत्रीपुर्ण फुटबल खेलमा जेसीज विजयी भएकोछ । सोमबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरकोखेल मैदानमा भएकोमैत्रीपुर्ण खेलमा जेसीज ५ — १ ले विजयी भएको हो।
खेलमा कार्यक्रम संयोजक जेसी विकास मान श्रेष्ठले हाटिक गरेका थिए । साउन २३ गते बाट २९ गते सम्म सन्चालन हुनेसप्ताहाब्यापी कार्यक्रममा कार्यक्मका प्रमुख अतिथि उधोग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले गमलामा पानी हाली संयुक्त जेसीज सप्ताहा खेलको उद्घाटन गर्नुभएकोथियो। नारायणगढ जेसीजका अध्यक्ष जेसी निर्जनी प्रधानको अध्यक्षतामा भएको औपाचारीक कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष जेशी रामशरण सिलवाल, प्रहरी निरिक्षक मेख बहादुर कुवंरको आतिथ्यता रहेको थियो भने जेशी रमा श्रेष्ठ, जेसी रुद्र प्रसाद सापकोटा, जेसी बाबुराम रामदामको सहभागिता रहेको थियो। 
सप्ताहा ब्यापी खेल अन्तगर्त दोस्रो दिन मंगलबार स्वर्गीय सुनिल श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगीता हुनेछ । यस्तै बुधबार २५ साउनमा देबघाटमा खाधान्न वितरण, २६ गते नारायणगढ जेसीज हलमा वक्तृत्वकला प्रतियोगीता, २७ गते नारायणगढ जेसीज हलमा तालिम, २८ गते जिल्ला कारागार चितवनमा स्वास्थ्य शिविर,  २९ गते नारायणगढ जेसीज हलमा सम्मान तथा समापन कार्यक्रम हुने छ । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award