खेलकुद

उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोटमा नेपालको राम्रो प्रदर्शन। उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोटमा नेपालको राम्रो प्रदर्शन।
कालिका , साउन २ ।
उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा नेपालले सिंगापुर विरुद्धको खेलमा राम्रो प्रर्दशन गरेको छ । 
 
सन्दीप लामिछानेको उत्कृट बलिङ्को मद्धतले सिंगापुरको सिंगापुर क्रिकेट क्लबमा नेपालले सिंगापुरलाई मात्र ७३ रनमा अलआउट गरेको छ । टस हारेर पहिलो व्याटिङ्को निम्तो पाएको सिंगापुर २९ ओभरमा अल आउट भएको हो । 
 
सिंगापुरलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिएका छन् भने शाहब आलमले तीन र किशोर महतोेले २ विकेट लिएका हुन् । सिंगापुरको तर्फ बाट ब्रिगु ऐयरले सर्वाधिक ४२ रन बनाएका थिए । ब्रिगु भने महतोेद्धारा बोल्ड भएका थिए।
 
ऐयर बाहेक सिंगापुरको तर्फ बाट दुई अंकको निजी स्कोर सियन अग्रवालले बनाएका हुन् । अग्रवाल ११ रन बनाएर सन्दीप लामिछानेको बलमा आउट भएका थिए । सिंगापुरका तिन खेलाडीले भने खाता समेत खोल्न सकेनन् । नेपालले र्भखरै मात्रै जवाफी व्याटिङ् सुरु गरेको छ ।

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award