खेलकुद

चितवनका शान भुवन , अडियो रिपोर्ट चितवनका शान भुवन , अडियो रिपोर्ट
राजु थापा, असार २४, कालिका
 
२०७० सालमा एक्लै झोक्राई रहेका भुवनलाई उचाई देखेर जानकी माविका खेल शिक्षक बाबुराम महत्तोले एथ्लेट्रिक्समा भाग लिन लगाउनु ४ वर्ष पनि नवित्दै ३० वर्ष पुरानो राष्ट्रिय कृतिमान तोड्न सफल होलान भन्ने सायद कसैले अनुमान समेत गरेका थिएनन् होला तर  शुक्रबार  काठमाडौमा चलिरहेको  नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा चितवनको मेधौलीमा रहेको जानकी माविका छात्र भुवन महत्तोले ३० वर्ष अधि धनविर चौधरीको नाममा रहेको ६ दशमलव ४१ मिटरको  लङजम्पको किर्तिमानलाई तोड्दै ६ दशमलव ५३ मिटरको राष्ट्रिय कृतिमान राखेका छन् ।  राष्ट्रिय कृतिमान प्राप्त पछि खुशि ब्यक्त गर्दै कृतिमानधारी खेलाडी भुवन महत्तो , बाईट ‘।।
 
सामान्य परिवारमा भरतपुर २७ तेलौलीमा जन्मिएका भुवनको परिवारको आर्थिक अवस्था भने खासै राम्रो छैन् भने उनी खेलमा जतिकै पढाई भने अब्वल छैनन् तर उनको अनुशासन र खेल प्रतिको लगावका कारण अहिलेको र्कितिमान राख्न सकेको बताउदै खुशि ब्यक्त गनूृ हुन्छ जानकी मावि मेधौलीका प्राचार्य दुर्गा सापकोटा , बाईट ।।
 
१६ वर्षको उमेरमा र अध्ययन गरिरहेको अवस्थामा  कुनैपनि राष्ट्रिय स्तरको कृतिमान राख्नु कुनै सानो र सजिलो कुरा होईन तर जुन उपलब्धी भुवनले प्राप्त गरे त्यसको सम्मान स्वरुप सरकारले केही गर्ला भन्ने हाशा समेत देखिदैन् । जुन कुरा यस अधिका पदक विजेता र कितिमान धारीहरुले प्राप्त गर्नु पर्ने रकम समेत नपाएकोले प्रष्ट हुन्छ । निराशा ब्यक्त गर्दै खेलाडीभुवन महत्तो , बाईट 
यस्तै भुवनलाई यस खेल जगतमा ल्याउनुहुने शिक्षक बाबुराम महत्तोको भनाईपनि भुवनको जस्तै छ, सामान्य परिवारको भुवनलाई सरकारले र्हेनु पर्नै हो तर सो नसकेपछि उसलाई विभागिय टिम आर्मी क्लवले मागेको कारण त्यसमा जान सल्लाह दिएको बताउनु हुन्छ । बाईट ‘
 
अव सार्क राष्ट्रको प्रतिस्पर्धात्मक खेल साप नजिकिदै छ त्यसमा पनि भुवनले सहभागिता जनाउने पक्का छ तर त्यसको लागि उनलाई आवश्यक बन्दोवस्ती र प्रशिक्षणको खाचो छ त्यसको बन्दोस्त सरकारले मिलाउन सके देशको शिर उच्च बनाउन भुवन जस्ता युवा कम्मर कसेर लाग्ने छन् । यसरी देशको कम्तीमा दश वर्ष सम्मका सम्पत्ती   भुवन जस्ता युवालाई सरकारी वेवास्ताका कारण खाडी मुलुक जानुपर्ने  अवस्थामा पुग्न नदिऔ ।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award