खेलकुद

च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानलाई÷भारत १ सय ८० रनले पराजित
कालिका, असार ४ चितवन । 
 
आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको उपाधि पाकिस्तानले उचालेको छ । क्रिकेटका चिरपरिचत प्रतिद्धन्दी भारतलाई फाईनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको हो ।
 
पाकिस्तानको जितका लागी पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ११४ रन, अजहर अलीले ५९ रन, बाबर आजमले ४६ सोहेव मलिकले १२, इमाद वासिम २४ र मोहमद हाफिजले ५७ रन बनाए । उता भारतीय व्याटिङलाईन धोस्त पार्नेक्रममा पाकिस्तानका मोहमद अमिरले ३ तथा सदव खान र हसन समान २ दुई र जुनाईद खानले एक विकेट लिए । 
 
इंग्ल्याण्डको ओभल मैदानमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको ३ सय ३९  रनको विजयी लक्ष्य पछ्याएको भारत १ सय ५८ रनमा समेटियो । यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३३८ रन बनाएको हो ।
 
उसले ३० दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ५८ रन जोड्यो । भारतका हार्दिक पाण्डेले ७८ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान खासै जम्न सकेनन । यवराजु सिं २२, सिखर धवन २१ र रविन्द्र जडेजाले १५ रन जोडे । भारतका लागि केदार जाधव, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले एक÷एक विकेट लिए ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

Just Request

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award