खेलकुद

फिफा कनफेडेरेशन कप फुटबलमा रुसको विजयी सुरुवात÷न्युजील्याण्ड २ सुन्यले पराजित ।
असार ३, कालिका चितवन - 
 
फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगितामा रुसले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा न्युजिल्याण्डलाई २ सुन्यले पराजित गर्दे रुसले विजयी सुरुवात गरेको हो । उसकका लागी मिचेल बक्सलले खेलको ३१ औँ र फेडर स्मोलोभले ६९ औँ मिनेटमा एक एक गोल गरेका हुन । 
 
प्रतियोगितालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा समेत हेरिएको छ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।
 
प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ । यो प्रतियोगितामा गएको वर्ष युरोकप फुटबलको उपाधि जितेको पोर्चुगललाई बलियो दाबेदार मानिएको छ ।
 
प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Moi Jhyang Moi Dhut

Started at: 17:05 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award