खेलकुद

भारत च्याम्पियन्स ट्रफि क्रिकेटको फाईनलमा÷बंगलादेश ९ विकेटले पराजित । भारत च्याम्पियन्स ट्रफि क्रिकेटको फाईनलमा÷बंगलादेश ९ विकेटले पराजित ।
कालिका, असार १ चितवन - 
 
भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेस गरेको छ । विहिवार भएको सेमिफाईनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दे भारत फाईनलमा पुगेको हो । बंगलादेशले प्रस्तुत गरेको २ सय ६५ रनको विजयी लक्ष्य भारतले ४० दशमलव १ ओभरको समाप्तीमा मात्र १ विकेट गुमाएर भेट्टायो ।
  
भारतका  रोहित सर्माले नटआउट १२३ रनको योगदान दिए । यस्तै विराट कोहलीले नटआउट ९६ र सिखर धवनले ४६ रनको योगदान दिए । उता भारतको एक मात्र विकेट बंगलादेशका एक मात्र विकेट मस्रफ मोर्ताजाले लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । उसका लागि तमिम इक्वालले ७० र कप्तान मुशाफिकर रहिमले ६१ रन बनाए । सब्बिर रहमानले १९ बनाए । 
 
त्यस्तै भारतका रविचन्द्रन अश्विनले ३, हार्दिक पाण्ड्याले दुई तथा भुवनेश्वर कुमार र केदार जाधवले समान एक एक विकेट लिए । भारतले अव उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तान इग्ल्याण्डलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award