खेलकुद

पाथिभरा भलिबलमा आज दुई खेल हुँदै पाथिभरा भलिबलमा आज दुई खेल हुँदै
रविन भट्टराई÷ताप्लेजुङ
फागुन ६,
ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोजिताको चौथो दिन आज पनि दुई खेल हुँदैछ । 
सदरमुकाममा हुने पहिलो खेलमा सशस्त्र प्रहरी र त्रिभुवन आर्मि क्लब भिड्दा दोस्रो खेलमा मध्यमाञ्चल र नेपाल पुलिस क्लब आमने–सामने हुनेछन् । 
 
यसैविच हिजो भएको खेलमा त्रिभुवन आर्मि क्लब र सशस्त्र प्रहरीले खेलमा आफ्नो बर्चश्व जमाएका छन् । प्रतियोगिता अन्तर्गत सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा विहिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मि क्लबले पुर्वाञ्चललाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । 
 
त्यस्तै विहिबारनै भएको दोस्रो खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–१७, २५–१६, र २५–१५, को सोझो सेटमानै खेल आफ्नो पक्षमा पारेको थियो । 
 
विहिबारको खेल समाप्ति सँगै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मि क्लब समान ६÷६ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेका छन् भने सशस्त्र प्रहरी ३ अंक सहित दोस्रो स्थानमा र पुर्वाञ्चल र मध्यमाञ्चल क्रमस २ र १ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 
 
‘राउन्ड रोबिन’ को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । गत मंगलबार बाट सुरु भएको खेल शनिवार सम्पन्न हुने आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङले जनाएको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Shaja Sawal

Starts at: 21:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award