खेलकुद

पाथीभरा भलिबलमा पुलिस र पुर्वाञ्चल विजयी पाथीभरा भलिबलमा पुलिस र पुर्वाञ्चल विजयी
रविन भट्टराई÷ताप्लेजुङ (फोटोपनी)
फागुन ४,
ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बुधबार (आज) भएको खेलमा नेपाल पुलिस क्लब र पुर्वाञ्चल विजयी भएका छन् । 
 
सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले २५–२४, २५–१७ र २५–११ को सोझो सेटमा सशस्त्र प्रहरीको टिमलाई पराजित गरेको छ । 
 
त्यस्तै आजनै भएको दोस्रो खेलमा पुर्वाञ्चलले मध्यामाञ्चललाई २५–१३, २७–२५, २२–२५ र १५–८ को सेटमा पराजित गरेको हो । आजको खेल समाप्ति सँगै अंक तालिको सिर्स स्थानमा ६ अंक सहित नेपाल पुलिस क्लब पहिलो स्थानमा रहेको छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मि क्लब ३ अंक सहित दोस्रो स्थानमा रहेको छ । समान दुई खेल खेलका पुर्वाञ्चल र मध्यमाञ्चल क्रमस २ र १ अंक सहित तेस्रो र चौथो स्थानमा रहेका छन् । 
 
यसैविच विहिबार (भोली) हुने पहिलो खेलमा पुर्वाञ्चल र त्रिभुवन आर्मि क्लब भिड्दा दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टिम खेल मैदानमा उत्रने आयोजकले बताएको छ । 
 
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । जिल्ला भलिवल संघ ताप्लेजुङको आयोजनामा मंगलबार बाट सुरु भएको खेल आगामि ७ गते सम्म सञ्चालन हुनेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award