खेलकुद

बन्दको असर फुटबल खेलमा पनि
काठमाडौँ, २४ चैत । तीस दलीय मोर्चाले गरेको बन्दका कारण जारी राष्ट्रिय लिगअन्तर्गतको आजको खेल स्थगित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । 
 
एन्फाको तालिका अनुसार आज दशरथ रङ्गशालामा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुने कार्यक्रम थियो । 
 
एन्फाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्द्रमान तुलाधरले भन्नुभयो, “शब्दमा त हामीले प्राविधिक कारणले भन्नुपर्छ तर साच्चै भन्नुपर्दा आजको खेल नेपाल बन्दकै कारण स्थगित भएको हो ।” 
 
बन्द फिर्ता नभएको खण्डमा स्थगित भएको खेलको तालिकाबारे अन्योल कायम रहने भएकाले बन्द हडतालजस्ता क्रियाकलापले अन्य क्षेत्रलाई जस्तै खेलकुद क्षेत्रलाई पनि असर परेकोतिर सङ्केत गर्दै सिइओ तुलाधरले भन्नुभयो, “बन्द फिर्ता गरेर फुटबललाई सहज गराइदिनुहुन अनुरोध गर्दछु ।” 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award