खेलकुद

राष्ट्रिय लिग फुटबलः कैलाली र मोरङ तथा झापा र रुपन्देही भिड्ने
काठमाडौं, चैत्र २३ । 
रेडबुल राष्ट्रिय लिग फुटबल अन्तर्गत आजबाट मोफसलका खेलहरु हुँदैछन् । पहिलो पटक होम एण्ड अवेको आधारमा भईरहेको लिगका खेलहरु आज कैलाली र बुटवलमा पनि हुँदैछन् । 
 
धनगढीमा हुने खेलमा घरेलु टोली सुदुपश्चिमाञ्चल फुटबल क्लव कैलालीले पुर्वाञ्चलको मोरङसँग खेल्नेछ भने बुटवलमा जगदम्बा लुम्बिनी फुटबल क्लव र झापा एघार भिड्नेछन् ।
 
यसअघि काठमाडौंमा हिजो भएको दावेदारहरु थ्रिस्टार क्लव र आर्मीविचको भिडन्त गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएपछि आर्मी क्लवले लिगमा अग्रता लिने सुन्दर अवसर खेर फाल्यो ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award