खेलकुद

युवाहरू ‘स्केट’ खेलप्रति आकर्षित हुँदै
काठमाडौँ, २२ चैत ।
अन्य खेलहरू जसरी प्रचलनमा आउन नसकेको ‘स्केट’ खेलप्रति पछिल्लो पटक युवाहरूको आकर्षण बढ्दै गएको छ । 
 
सरकार र सरोकार राख्ने सङ्घसंस्थाले फुटबल, भलिबल र क्रिकेटलाई जस्तै प्राथमिकता नदिँदा ओझेलमा परेको ‘स्केट’ खेलप्रति पछिल्लो समयमा आकर्षण बढ्दै गएको हो । 
 
स्केट खेललाई सरकार र अन्य निकायले चासो नदिइरहेको अवस्थामा युवालाई स्केट खेलप्रति आकर्षित गराउँदै सो खेलको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले युवाहरूको नेतृत्वमा ‘परिवर्तनका लागि युवा’ नामक संस्थासमेत स्थापना गरिएको छ । करिब तीन सय युवा स्वयम्सेवक रहेको संस्थाले स्केट खेलसम्बन्धी देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । 
 
विसं २०७० मा स्थापना भएको सो संस्थाले स्केट खेलबारे सबैलाई सकारात्मक जनचेतना फैलाउन स्केट खेलसम्बन्धी विभिन्न अन्तक्र्रिया, गोष्ठी, पदयात्रा, ‘स्केट जाम’ लगायतका कार्यक्रमसमेत गर्दै आएको छ । 
 
अध्यक्ष पहाडीका अनुसार अन्य मुलुकमा स्केट खेललाई सरकारले नै प्राथमिकताका साथ अगाडि बढाएको हुन्छ तर नेपालले भने कुनै चासो नदेखाउनु दुःखको कुरा हो । 
 
परिवर्तनका लागि युवा नामक संस्थाले नेपाली युवालाई अन्तर्राष्ट्रिय स्केट खेल प्रतियोगितामा भाग लिन योग्य बनाउने उद्देश्य लिएको छ । 
 
स्केट खेल पार्क नभएको अवस्थामा सडकमा खेल खेल्दा दुर्घटना हुने र प्रशस्त मात्रामा अन्य खेलहरू हुँदाहुँदै स्केट खेललाई किन मान्यता दिने भन्ने मनसायले पनि सरकारले सो खेललाई मान्यता नदिएको हुन सक्ने स्केट खेलाडी सरोज नगरकोटीको भनाइ छ । रासस

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award