खेलकुद

भलिबल खेलका लागि एक लाख दिने नरेशको घोषणा
अर्घाखाँची, १५ चैत । अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन हुने गाविसस्तरीय एबाइसी तिलक स्मृति रनिङशिल्ड भलिबल प्रतियोगिताका लागि नरेश रायमाझीले वार्षिक रुपमा रु एक लाख आर्थिक सहयोग गर्ने भएका छन् । 
 
सन्धिखर्कको चुत्राबेंसीमा रहेको युवाको समूह अर्घाखाँची युवा परिषद्ले वैशाख १८ गतेदेखि सञ्चालन गर्न लागेको भलिबल प्रतियोगिताका लागि आर्थिक अभावका कारण खेल सञ्चालनमा बाधा नपुगोस् भनेर नरेशले आर्थिक सहयोग गरेका हुन् । परिसद्का आजीवन सदस्य तथा सन्धिखर्क घर भएका नरेश रायमाझी अहिले कतारमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । 
 
खेलको विकासलेमात्र देशको नाम विश्वमा चिनिने भएकाले पहाडी जिल्लामा सञ्चालन गर्न सकिने भलिबल खेलबाट राम्रा खेलाडी उत्पादन गर्ने इच्छा भएकाले गाविसस्तरीय खेलका लागि वार्षिक रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको र अन्य गतिविधिमा पनि सहयोग गर्ने नरेशले बताउनुभयो । 
 
उहाँले कम्तीमा पाँच वर्षका लागि प्रत्येक वर्ष रु एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको परिषद्का अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनुभयो । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award