खेलकुद

विश्वकप क्रिकेटः उपाधीका लागी अष्ट्रेलिया र न्युजिल्याण्डको भिडन्त जारी विश्वकप क्रिकेटः उपाधीका लागी अष्ट्रेलिया र न्युजिल्याण्डको भिडन्त जारी
कालिका, चैत्र १५ । 
आइसीसी विश्वकप क्रिकेटमा उपाधिका लागी दुई आयोजक राष्ट्रहरु अष्ट्रेलिया र न्युजिल्यान्ड भिडिरहेका छन् । न्युजील्यान्डले टस जितेर पहिले व्याटिङ गरीरहेको छ ।
 
अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारीे फाईनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
 
न्युजिल्यान्डले सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ४ विकेटको सनसनीपुर्ण जित दर्ता गर्दै इतिहासमै पहिलोपटक फाइनलमा स्थान सुरक्षित गरेको थियो भने अष्ट्रेलियाले साविक विजेता भारतलाई ९५ रनको फराकिलो अन्तरले पाखा लगाउदै फाइनलमा न्युजिल्यान्ड सँगको भेट पक्का गरेको थियो । उपाधिका लागि एक अर्कालाई पाखा लगाउने योजनामा रहेका यि दुई टिम बिचको बिश्वकप इतिहास भने फरक छ ।
 
अष्ट्रेलिया किर्तिमानी पाँचौं पटक उपाधि जित्ने योजनामा छ भने न्युजिल्यान्ड पहिलो पटक विश्व बिजेता बन्ने दाउमा छ ।
 
खेलको कालिका एफएमले प्रत्यक्ष प्रशारण गरिरहेको छ । खेलको ताजा अपडेट तपाई कालिका एफ एमको एसएमएस कोडबाट पनि थाहा पाउन सक्नुहुनेछ । जसका लागी मोबाईलको म्यासेज बक्समा गई आईसीसी टाईप गरि ४८४८ मा पठाउनुपर्ने छ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award