- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
नेपालका मदनकृष्णको चेस वल्र्डकप छनोटमा उत्कृष्ट प्रदर्शन
काठमाडौँ, १४ चैत । नेपालमा भएको चेस वल्र्डकपको छनोटअन्र्तगत एसियन जोनल ३।२ चेसको दोस्रो दिन शनिबार दोस्रो तथा तेस्रो चरणका खेल सञ्चालन भएका छन् ।
नेपालका युवा खेलाडी मदनकृष्ण कायस्थले नगरकोटमा जारी एसियन जोनल ३।२ चेस च्याम्यिनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । च्याम्पियनसिपको दोस्रो दिन सम्पन्न दोस्रो चरणको खेलमा पाकिस्तानका अन्तर्राष्ट्रिय मास्टर महमुद लोदीमाथि सानदार जित हात पारे ।
बङ्गलादेशी खेलाडीको दबदबा रहेको च्याम्पियनसिपमा २ अङ्क जोड्ने कायस्थ एक मात्र नेपाली खेलाडी हुन् । दुई चरणको समाप्तिमा प्रतियोगिताका शीर्षखेलाडी बङ्गलादेशी ग्रान्ड मास्टर अब्दुल्ला अल रकिव, तेस्रो बरियताका ग्रान्ड मास्टर नियाज मुर्सिद, चौथो वरियताका इन्टरनेसनल मास्टर मिन्हाजुद्दिन अहमद, पाँचौँ वरियता प्राप्त ग्रान्ड मास्टर इनामुल हुसेन तथा आठौँ वरियताका फिडेमास्टर अहमद नासिरसँगै मदनको समान २ अङ्क भएको छ ।
नेपालका शीर्षखेलाडी रुपेश जयसवाल दोस्रो चरणमा बङ्गलादेशी ग्रान्ड मास्टर नियाज मुर्सीदसँग पराजित भए । त्यसैगरी, नेपालका दोस्रो वरियताका केशव श्रेष्ठले बङ्गलादेशकै मिन्हाजुदिनसँग हार व्यहोरे । श्रीलङ्काली फिडेमास्टर अनुरुद चिन्थाका गालापथ्थी दोस्रो चरणमा ग्रान्डमास्टर इनामुल हुसेनसँग पराजित भए ।
च्याम्पियनसिपको दोस्रो दिन दोस्रो तथा तेस्रो चरणका खेल सञ्चालन भए तापनि यो समाचार तयार पार्दासम्म तेस्रो चरणका दुई खेलमात्र सकिएका छन् ।
पहिलो चरणमा बङ्गलादेशी ग्रान्डमास्टर जियुर रहमानसँग बराबरी गरेका नेपालका फिडेमास्टर मनिष हमालका लागि दोस्रो दिन सुखद हुन सकेन । हमाल दोस्रो चरणको खेलमा नेपालका भुपेन्द्र निरौलासँग तथा तेस्रो चरणमा नेपालकै विश्वविजय घिमिरेसँग खेल गुमाउन पुगे । दोस्रो चरणमा नेपालकै क्यान्डिडेटमास्टर प्रचण्डमान मालाकारलाई हराउँदै हौसिएका हिमाल लामा तेस्रो चरणमा पाकिस्तानका इन्टरनेसनल मास्टर महमुद लोदीसँग पराजित भए ।
महिलातर्फको खेलमा पनि बङ्गलादेशी खेलाडीले दबाब कायम गरेका छन् । दोस्रो चरणमा शीर्ष वरियताप्राप्त बङ्गलादेशी वुमन ईन्टरनेशनल मास्टर समिमा लिजा अख्तरले अर्की वुमन इन्टरनेसनल मास्टर श्रीलङ्काली सचिनी रानासिंगेलाई पराजित गरिन् ।
त्यस्तै, बङ्गलादेशकै वुमन इन्टरनेसनल मास्टर रानी हमिदले नेपालकी बिना जयसवाललाई पराजित गरिन् । नेपालकी शीर्ष वरियताकी शान्ता थापा बङ्गलादेशकै वुमन फिडेमास्टर नजराना खानसँग हार व्यहोर्न पुगिन् । वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरिनले अर्की वुमन फिडेमास्टर सुल्तान जाकियालाई पराजित गरिन् ।
नेपालका मोनालिसा खम्बूले नेपालकै अस्मिता अधिकारीलाई हराउँदै अङ्कको खाता खोल्न सफल भइन् ।
यही चैत १८ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा फिडेको स्विस लिगअनुसार नौ चरणसम्म खेलाइनेछ । च्याम्पियनसिपका विजेताले आगामी सेप्टेम्बर महिनामा अजरवैजानमा हुने चेस वल्र्ड कपमा सहभागिता जनाउन पाउनेछन् ।
च्याम्पियनसिपमा चार देशका ४७ खेलाडीको सहभागिता रहेको छ । नेपाल, बङ्गलादेश, पाकिस्तान तथा श्रीलङ्काका खेलाडी सम्मिलित च्याम्पियनसिपको खुल्लातर्फ ३२ तथा महिलातर्फ १५ खेलाडीबीच प्रतिष्पर्धा सुरु भएको छ । रासस
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





