खेलकुद

पाचाँै नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगिता आइतबारदेखि हुने
काठमाडौँ, १४ चैत । नेपाल गल्फ सङ्घको आयोजनामा पाँचाँै नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगिता आइतबारदेखि हुने भएको छ । 
 
प्रतियोगिता यही चैत १५, १६ र १७ गते तीन दिनसम्म गोकर्ण गल्फ क्लबमा सन्चालन हुनेछ । दक्षिण एसियाली मुलुकहरु नेपाल, भारत, भुटान, बङ्गलादेश, थाइल्यान्ड र हङ्कङका कुल ४५ एमेच्योर खेलाडीले मात्र प्रतियोगितामा भाग लिने पाउनेछन् । 
 
प्रतियोगितामा पार ७२ को १५ ह्यान्डी क्याप मुनिका खेलाडीको मात्र सहभागिता रहनेछ । नेपालका ३० र अन्तर्राष्ट्रियबाट १५ खेलाडीले भाग लिने यस संस्करणमा कुल ५४ होल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भुटानका खेलाडी दिक्षेन हुगेनले समेत प्रतिस्पर्धा गर्नेछन् । 
 
“प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई एसियन एमेच्योर च्याम्पियनसिपका लागि छनोट गर्न सहज हुनेछ”–नेपाल गल्फ सङ्घका महासचिव टासी घलेले बताउनुभयो । 
 
“नेपाली खेलाडीलाई जितका आधारमा अङ्क प्रदान गरिनेछ जसका कारण उनीहरुको एमेच्योर ¥याङ्किङको आधारमा खेलाडीको छनोट गरिने भएकाले प्रतियोगिता महत्वपूर्ण हुनेछ”–नेपाल गल्फ सङ्घका सदस्य सिवी भण्डारी भन्नुहुन्छ । 
 
भेट्रान्सको उपाधि भिक्टर राणालाई 
 
यसैबीच, ‘सातौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा आज विभिन्न इभेन्टस्का फाइनल, सेमिफाइनल तथा क्वार्टरफाइनल खेल पूरा भए । 
 
पैँसट्ठी वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा नेपाली सेनाका भिक्टरशम्शेर राणाले सेनाकै भरत रायमाझीलाई ९–८ ले पराजित गरी विजेता बने । पुरुष एकलतर्फको सेमिफाइनलमा खेलमा एपिएफका जितेन्द्र परियारले पोखराका अभिषेक बाँस्तोलालाई २–६, ७–५ र ७–६ ले तथा नेपाल पुलिस क्लबका कमल भण्डारीले सिन्धुपाल्चोकका दावा शेर्पालाई ६–१ र ६–२ ले पराजित गरी फाइनलमा प्रवेश गरे । 
 
यसैगरी, पुरुष युगलतर्फको सेमिफाइनलमा खेलमा एपिएफका आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले पोखराका शक्ति शर्मा र अनिल शाहीको जोडीलाई ६–४ र ६–२ ले तथा काठमाडौँका श्रीयान्स कार्की र जितेन्द्र परियारको जोडीले पोखराका अभिषेक बाँस्तोला र दावा शेर्पाको जोडीलाई ६–४ र ६–३ पराजित गरी फाइनलमा प्रवेश गरेको छ । 
 
यसैगरी, मिश्रित युगलतर्फको खेलमा नेपाल पुलिस क्लबका कमल भण्डारी र गङ्गा शर्माको जोडीले ब्रिटिस स्कुलका छेवाङ लामा र खुसी पाण्डेको जोडीलाई ६–४ र ६–१ ले तथा एपिएफका आत्माराम कार्की र आइरा एम रावतको जोडीले ललितपुरका मनोज राणा र मायान्का राणाको जोडीलाई ६–२ र ६–२ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । 
 
पैँतालीस वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा काठमाडौँका मनोजविक्रम शाहले पोखराका विनोद कायस्थलाई ६–१ र ६–३ ले तथा कृष्णराज घलेले एपिएफका रजोजमान श्रेष्ठलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । 
 
यसैगरी, ३५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाडौँका सञ्जय अमात्य र निरेश श्रेष्ठको जोडीले काठमाडौँकै राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ३–६ र ४–१ को रिटायर्ड हर्टमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ । 
 
प्रतियोगितामा समावेश कुल १४ वटा इभेन्ट्समा गरी २१ महिलासहित २७० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award