खेलकुद

रसिया र मोन्टेनेग्रोबिचको खेल स्थगित
काठमाडौं, चैत १४ ।
 
आगामी बर्ष हुने युरोकपको छनौट खेल खेलीरहेका रसिया र मोन्टेनेग्रो बीचको खेल स्थगीत भएको छ । 
 
दुई टिमका खेलाडी र अफिसियलबीच विवाद भएपछि रेफ्रीले खेल स्थगित गरेका हुन्  । खेलको दोस्रो हाफमा झडप भएपछी जर्मनीका रेफ्री खेल स्थगीत गर्न बाध्य भए ।
 
मोन्टेनेग्रोमा भएको यो खेलको सुरुमा नै रसियाका गोलकिपर इगोर एकिनफेभमाथि आक्रमण भएको थियो । गोलपोष्टमा उभिइरहेका बेला पछाडीबाट उनीमाथि आक्रमण भएको थियो । 
त्यसपछि घाइते भएका उनलाई अस्पतालमा लगिएको थियो ।
 
उनको घाँटीमा चोट लागेको र अवस्था सामन्य रहेको चिकित्सकहरुले बताएका छन् । गोल रक्षक घाइतेभएपछि निर्धातिर समयभन्दा ३५ मिनेछ ढिलो गरी सुरु भएको खेलका क्रममा दुई टिमका खेलाडीले झगडा गरेपछि खेल स्थगित गरिएको हो ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award