खेलकुद

अष्ट्रेलिया ‘बदला’ लिने तयारीमा, न्युजिल्याण्ड पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा
काठमाडौं, चैत्र १३ । 
एक दिवसिय विश्वकप क्रिकेटको दुई आयोजक टोलीविच उपाधि भिडन्त तय भएको छ ।
 
यही आइतवार अष्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा हिजो भारतलाई ९५ रनले हराँउदै अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको सनसनीपुर्ण भिडन्त तय गरेको हो ।
 
यसअघि पहिलो सेमिफाईनलमा दक्षिण अफ्रिकालाई हराँउदै न्युजिल्याण्ड पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो । अब आइतवार हुने खेल जित्दै अष्ट्रेलिया किर्तीमानी पाँचौ पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि उचाल्न चाहान्छ ।
 
उता न्युजिल्याण्ड भने इतिहाँसमै पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ । समुह चरणमा एकै समुहमा रहेका यी दुई टोलीहरुविचको भिडन्तमा न्युजिल्याण्ड विजयी भएको थियो ।
 
पर्सी हुने खेलमा न्युजिल्याण्ड आफ्नो सोही सफलता दोहोर्‍याउन चाहन्छ भने अष्ट्रेलिया विश्व क्रिकेटको आफ्नो गर्बीलो इतिहाँसलाई निरन्तरता दिदैं न्युजिल्याण्डसँग बदला लिन चाहन्छ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award