खेलकुद

फाइनल प्रवेशका लागि भारत र अष्ट्रेलिया भिड्ने फाइनल प्रवेशका लागि भारत र अष्ट्रेलिया भिड्ने
कमला गुरुङ, कालिका चैत्र १२ –
जारी विश्वकपको फाइनल प्रवेशका लागि आज भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । सिड्नीमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । 
 
अहिले सम्म एक खेल पनि नहारेको भारत १२ अंक सहित समूह बी को शिर्ष स्थानमा छ । यस्तै १ खेलमा हार बेहोरको अष्ट्रेलिया ९ अंक सहित समूह ए को दोस्रो स्थानमा छ । 
 
अहिले सम्म जित निकालेको भारत आज पनि जित निकाल्ने दाउमा छ । अष्ट्रेलियाको घरेलु मैदानमा खेल भएपनि भारतीय समर्थकहरुको बढी भीड हुने अनुमान गरिएको छ । यस अघि न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । 
 
भारत र अष्ट्रेलिया बिचको खेलको प्रत्यक्ष प्रसारण कालिका एफ.एमले गर्नेछ । साथै खेलको लाइभ स्कोरका लागि मोबाइलको म्यासेस बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ ।  
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award