खेलकुद

धनुषामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
अजय कुमार झा
जनकपुरधाम, चैत्र १०।
 
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७१ आज देखि धनुषामा शुरु भएको छ ।
भलिवल र एथलेटिक्स गरि दुई विधामा हुने प्रतियोगिता ३० गते सम्म संचालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मनिष जर्घामगरले बताउनु भएको छ ।
 
भलिवल तर्फ सात वटै निर्वाचन क्षेत्रवाट पुरुष तर्फ १४ र महिला तर्फ बाट १४ टोली सहभागी भएका छन । जिल्ला स्तरीय प्रतियोगिताकोलागि यस अघि नै क्षेत्र स्तरमा प्रतियोगिताको आयोजना समितिले गरेको थियो । क्षेत्र स्तरमा पुरुष तथा महिला तर्फ प्रथम र द्वितिय रहेको टिमलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइएको छ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award