खेलकुद

नेपाललाई दुई कास्यपदक
काठमाडाँै ९ चैत ।
थाइल्यान्डमा भएको विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कास्यपदक हासिल गरेको छ । 
बैंककस्थित लुम्पिनी रङ्गशालामा यही चैत २ गते सम्पन्न उक्त प्रतियोगितामा नेपालले दुई कास्यपदक जितेको नेपाल मुवाँ सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । 
 
पुरुषको ६३।५ केजीमा छुल्टिम लामाले बङ्गलादेशका खेलाडीलाई पराजित गरी कास्यपदक हात पारेका थिए । सेमिफाइनलमा लामाले पोल्यान्डका खेलाडीसँग हार भोगेका थिए । 
 
नेपाललाई अर्को कास्य दिलाउने क्रममा पुरुषको ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले लेबनानका खेलाडीलाई पराजित गरे । सेमिफाइनलमा भने बुढाथोकी रसियाका खेलाडीसँग हार भोगेका थिए । 
 
त्यस्तै एक चरणको नकआउट प्रोफेसनल भिडन्तमा पुरुषको ६३।५ केजीमा भूपेश शाक्य अफ्गानिस्तानका खेलाडीसँग पराजित भएपछि पदकविहीन बने । टोली शनिबारै स्वदेश फर्किसकेको छ । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award