खेलकुद

पहिलो पटक न्युजिल्याण्ड माथि दबाब पहिलो पटक न्युजिल्याण्ड माथि दबाब
कमला गुरुङ, कालिका चैत्र ७– 
 
आई.सी.सी क्रिकेट वल्र्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनलको खेलमा आज न्युजिल्याण्ड र वेष्ट इण्डिज भिड्दै छन् । विलिङ्गटनमा हुने खेल नेपाली समयानुसार बिहान पाउने ७ बजे सुरु हुनेछ । 
 
अहिले सम्म एक खेल पनि नहारेको न्युजिल्याण्ड १२ अंक सहित समूह ए को शिर्ष स्थानमा छ । यस्तै, तीनमा जित र तीनमा हार बेहोरेको वेष्ट इण्डिज ६ अंक सहित समूह बी को चौथो स्थानमा छ । 
 
खेलेको ६ खेलमै जित निकालेको न्युजिल्याण्ड आफ्नो लयलाई निरन्तरता दिने भरपुर तयारीमा छ । तर पनि आजको खेल जित्नैपर्ने न्युजिल्याण्ड माथि दबाब पनि छ ।
 
न्युजिल्याण्ड र वेष्ट इण्डिज बिचको खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुनेछ । जसका लागि खेल सुरु भैसकेपछि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ ।  
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award