खेलकुद

वल्र्डकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदै वल्र्डकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदै
कमला गुरुङ, कालिका चैत्र ४– 
आई.सी.सी क्रिकेट वल्र्डकपमा आज देखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो खेल आज साउथ अफ्रिका र श्रीलंका बिच हुँदैछ ।
 
सिड्नीमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । समूह ए मा रहेको श्रीलंका चारमा जित र दुईमा हार निकाल्दै ८ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै, समूह बी मा रहेको साउथ अफ्रिका समान अंकका साथ तालिकाको दास्रो स्थानमा छ । 
 
क्वाटरफाइनलको दोस्रो खेल भोली बंगलादेश र भारत बिच हुनेछ भने तेस्रो खेल शुक्रवार अस्ट्रेलिया र पाकिस्तान बिच हुनेछ । 
 
साउथ अफ्रिका र श्रीलंका बिचको खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुन्छ । जसका लागि खेल सुरु भैसकेपछि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award