खेलकुद

जिल्लामै ठूलो धनराशिको फुटवल प्रतियोगिता गाउँमा हुने
जितेन्द्र भण्डारी
पाँचथर,चैत्र ३ ,
 
जिल्लामै ठूलो धनराशिको फुटवल प्रतियोगिता पाँचथरको याङनाममा हुने भएको छ । आज फिदिममा पत्रकार सम्मेलन गरी आयोजक इमानसिङ रंगशाला तथा मंच ब्यवस्थापन समितीले जानकारी गराएको हो ।
 
चैत्र १६ देखि २० गतेसम्म खलंगटार उच्च माविको खेलमैदान अर्थात इमानसिङ रंगशालामा प्रतियोगिता हुने समितीका अध्यक्ष शिव थाम्सुहाङले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार प्रतियोगितामा यूवा जागृति क्लव धरान,कर्णसिङ सोनाम मेमोरियल क्लव ताप्लेजुङ,जलजले यूवा क्लव विर्तामोड झापा,माइभ्याली फ्रेण्डस क्लव इलाम,फिदिम स्पोटिङ क्लव फिदिम,मिलेनियम फ्रेण्डस क्लव फिक्कल,तथा आयोजक चोत्लुङ यूवा क्लव याङनामले सहभागिता जनाउने छन् ।
 
प्रतियोगिताको विजेताले नगद १ लाख २० हजार रुपैया तथा उपविजेताले नगद ८० हजार रुपैया ट्रफी तथा मेडल र प्रमाणपत्र हात पार्ने समितीका सल्लाहकार रुपनारायण जवेगुले वताउनुभयो । पतियोगिताको उद्घाटन भने खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गर्नुहुनेछ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award