- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
के नेपालले पुनरागमन गर्ला
दीपेन्द्र सापकोटा काठमाडौँ, ३ चैत ।
सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् ।
नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको युरोपेली छनोटको प्ले अपमा युक्रेनमा ०–२ ले पछि परेर भोगेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आफ्नो घरेलु मैदानमा ३–० ले खेल उल्टाउँदै विश्वकपको टिकट काट्यो ।
नेपालले एक गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ ।
नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ । तर, नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् । यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ ।
त्यस्तै, दुई खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले नौ गोलमात्र फर्काएको छ । यस्तो अवस्थामा नेपालले पुनरागमन गर्न धेरै भाग्यकै भर पर्नुपर्ने विचार राख्नुहुन्छ खेलकुद पत्रकार निरञ्जन राजवंशी । “नेपालले घरेलु दर्शकको दबाबका बीच बलियो टोलीलाई दुई गोलको अग्रता लिनुपर्ने हुन्छ, यो साह्रै नै गाह्रो हो”–राजवंशी भन्नुहुन्छ ।
फुटबल विश्लेषक सञ्जीव मिश्र भने नेपालले पुनरागमन गर्ने सम्भावनालाई नकार्नुहुन्न । “हो यो सजिलो लडाइँ हैन, तर घरेलु मैदानमा उच्च मनोबल छ, खेलाडी फिट छन् त्यसैले, अझै सम्भावना टरेको छैन ।” विश्लेषक मिश्र नेपालले मध्यपङ्तिमा सुधार गर्दै आक्रामक खेल खेल्नुपर्ने सुझाव दिनुहुन्छ ।
आज मैदानमा उत्रँदा टोलीको रणनीतिमा व्यापक सुधार हुने आशा गर्नुभएका अखिल नेपाल फुटबल सङ्घका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्नुहुन्छ–“म त एकदमै आशावादी छु, गृह मैदान र दर्शकको प्रेरणाले आज फ्रान्स युक्रेन संस्करण नेपालले दोहो¥याउने छ ।” रासस
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





