खेलकुद

नेपाल निर्धारित समयमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिसाथ मैदानमा उत्रने
काठमाडौँ ,चैत्र २
विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको दोस्रो तथा होम गेममा नेपाल निर्धारित समयमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिसाथ मैदानमा उत्रने भएको छ । 
 
दशरथ रंगशलामा मंगलबार दिउ“सो तीन बजे हुने खेलमा नेपालले निर्धारित समयमा गोल नखाई दुई गोल गर्ने र त्यसपछि अतिरिक्त समयमा खेल आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक ज्याक स्टेफानोस्कीले गोल नखाने र दुई गोल गर्ने रणनीति महत्वकांक्षी भएपनि घरेलु मैदानमा सम्भव रहेको बताए ।
 
भारतको गुवाहटीमा भएको पहिलो लेगमा नेपाल भारतसित २–० गोलले पराजित भएको थियो । नेपालले अघिल्लो चरणमा पुग्न गोल नखाई कम्तिमा तीन गोल गर्नुपर्छ । प्रशिक्षक स्टेफानोस्कीले मंगलबारको खेलमा केही खेलाडी परिवर्तन हुने बताए । कप्तान सागर थापाले केही वर्षयताका प्रदर्शनका आधारमा भारतलाई दुई गोल हान्नु चुनौतिपूर्ण रहेपनि आफूहरु आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए ।
 
भारतीय टिमका प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले पनि पहिलो लेग भारतले आफ्नो पक्षमा पारेपनि मंगलबारको खेल भारतका लागि सहज नरहेको बताए । उनले घरेलु मैदानमा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने भएकाले आफूले नेपाललाई कमजोर नआँकेको बताए । स्टेफेन कन्स्टेन्टाइनले १६ वर्ष पहिले नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award