खेलकुद

भारत विरुद्धको विश्वकप छनोट खेलका लागि नेपाल तयार
कालिका चैत्र २
राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापाले भोली हुने भारत विरुद्धको विश्वकप छनोट खेलका लागि आफु पूर्ण रुपमा तयार रहेको बताएका छन् ।  भारत विरुद्ध २०१८ का लागि विश्वकप छनोट खेलको पहिलो लेगको खेलमा नेपाल पराजित भएपछि कप्तान थापाको केही समय स्मृति गुमेको थियो । 
 
शनिवार भएको अभ्यास सत्रमा कप्तान थापाले सहभागिता जनाएको थिएन भने आज विहान भएको अभ्यासमा भने उनले सहभागिता जनाएका हुन् । अभ्यास पछि संचारकर्मीहरुसंग कुराकानी गर्दै कप्तान थापाले भोली हुने भारत विरुद्धको खेलमा सुरुमै दुई गोल गरिसकेपछि भारतीय टोली माथि दबाब दिने बताएका छन् । 
 
सो म्याच आफ्नो गृह मैदानमा भएकाले नेपाली टोलीको मनोबल उच्च रहेको थापाको भनाई छ । विश्वकप छनोटमा पहिलो चरण अन्तर्गत भारतमा भएको खेलमा नेपाल भारत द्धारा पहिलो लेगमा २÷० को पराजय बेहोरेको थियो । भारतका लागि दुवै गोल दोस्रो हाफमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेका थिए । 
 
दोस्रो लेगको खेल भोली दशरथ रंगशालामा नेपाली समयानुसार दिउसो साढे ३ बजे सुरु हुनेछ । एसियन फुटबल फेडेरेसन अन्तर्गतका ४६ टोली मध्य अन्तिम १२ लाई पहिलो चरणमा खेलाइएको हो । जसमध्य ६ वटा विजेता टोलीहरुले दोस्रो चरणमा प्रवेश पाउने छन् । दोस्रो चरणमा पुग्नका लागि नेपालले भारतलाई २ गोल भन्दा बढीको अन्तरमा हराउनै पर्ने दबाब छ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award