खेलकुद

फुटबलको तयारी
काठमाडौँ ,चैत्र १
विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनौटअन्र्तगत दोस्रो लिग अर्थात भारतस“गको होम गेमको तयारी पूरा भएको छ ।
 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । मंगलबार हुने खेलका लागि भारतीय टोली नेपाल आइसकेको छ । खेल मंगलबार दिउसो साँढे ३ बजे दशरथ रंगशालामा हुनेछ । नेपालले दोस्रो चरणमा प्रवेशका लागि भारतलाई कम्तिमा तीन गोलले पराजित गर्नुपर्ने छ । नेपाल गत बिहीबार भारतसँग उसकै गुवाहाटीस्थित मैदानमा २–० गोलअन्तरले पराजित भएको थियो ।  
 
एन्फाले भारतविरुद्धको खेलमा १० हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । दशरथ रंगशाला मर्मतको क्रममा रहेकोले साधारण प्याराफिट तर्पm ८ हजार र भिआईपीतर्फ २ हजार गरी १० हजार टिकट विक्रि गर्ने एन्फाले जनाएको छ । टिकटको मूल्य साधारण प्याराफिटतर्फ सात सय र भीआईपीतर्फ १ हजार पा“च सय रुपैया“ तोकिएको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award