खेलकुद

सेमिफाइनको संभावना बलियो
काठमाडौँ ,चैत्र १
 
जारी एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा क्षेत्र नम्बर ३ नेपालगञ्जल क्षेत्र नम्बर १ विराटनगरलाई पराजित गर्दै सेमिफाइनको संभावना बलियो बनाएको छ । 
 
पुल्चोक इन्जीनियरिङ मैदानमा आइतबार भएको खेलमा विराटनगरलाई ३ विकेटले पराजित गरेर  नेपालगञ्जले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । टस हारेर पहिले ब्याटिङको जिम्मा पाएको विराटनगरले ४३ दशमलब ४ ओभरमा सबै विकेट गुमाइ २ सय २४ रन बनायो । जवाफी ब्याटिङ गरेको नेपालगञ्जले ४८ दशमलव ५ ओभरमा ७ विकेट गुमाइ  लक्ष्य भेट्टायो ।
 
त्यसैगरी, आइतबार नै भएको अर्को खेलमा क्षेत्र नम्बर ३ काठमाडौले क्षेत्र नम्बर ४ भैरहवालाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुर खेल मैदानमा टस हारेर ब्याटिङ गरेको भैरहवाले ४४ दशमलव १ ओभरमा सबै विकेट गुमाइ १ सय ८० रन बनाएकामा  काठमाडौले ३० दशमलब ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award