खेलकुद

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा वेष्टईन्डीज बिजयी।
कालिका चैत्र १ । 
आई.सी.सी वल्र्डकप क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा वेष्टईन्डीज बिजयी भएको छ  ।
 
युएईले दिएको १ सय ७६ रनको लक्ष्य वेष्ट ईन्डीजले ३० दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै भेट्टायो ।  वेष्ट ईन्डीजको जितका लागी जोनादन कार्टर ५० रन र दिनेश रामदिन ३३ रनमा नटआउट रहे ।
 
म्यान ड्वेन स्मिथ १५ र जोनसन चाल्र्स ५५ रनमा पेबेलीयन फर्किदा मार्लोन स्यामुएल्स ९ तथा आन्द्रे रसेल ७ रनमा आउट भए । युएईका मन्जुला गर्ग र अम्जद जावेदले समान २÷२ विकेट लिए ।
 
यसअघि नेपियरमा टस हारेर शुरुमा व्याटिङ गरेको युएईले ४७ दशमलव ४ ओभरोको समाप्तीमा अलआउट हुँदै १ सय ७५ रन बनाएको थियो । युएईका नासीर अजीजले ६० तथा अम्जाद जाभेदले ५६ रनको योगदान दिए भने अन्य व्याट्सम्यान खासै जम्न सकेनन् । युएईलाई सस्तैमा समेट्ने क्रममा वेष्टईण्डीजका जसन होल्डरले ४ र जेरोम टेलरले ३ विकेट लिए । यस्तै आन्द्रे रुसेल २ र मार्लोन स्यामुल्सले समान १÷१ विकेट लिए । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award