खेलकुद

वल्र्डकपमा आज पनि दुई खेल
कालिका फागुन ३० । आई.सी.सी वल्र्डकप क्रिकेटमा जिम्बाबे भारत विरुद्ध व्याटिङ गरीरहेको छ । भारतले टस जितेर फिल्डीङ रोजेपछि व्याटिक सुरु गरेको जिम्बाबेले ताजा अवस्थामा ११ ओभरको समाप्तीमा ३ विकेट गुमाउदै ३३ रन जोडेको छ । अहिले जिम्बाबेका सेन विलियम्स १ र ब्रेण्डन टेलर ९ रनका साथ क्रिजमा रहेका छन । 
 
जिम्बाबेका व्याट्सम्यान सलमोन माईर ९, चामु चिभाभा ७ र ह्यामिल्टन मसाकाट्ज २ रन बनाउदै आउट भए । उता मोहमद सामी , मोहित सर्मा र उमेस यादवले समान एक १ विकेट लिए । 
 
यस अघिनै सुमर एटमा प्रवेस गरेको भारत १० अंक सहित समुह बि को शिर्ष स्थानमा रहेको छ भने २ अंक मात्रै बटुलेको जिम्बाबे पुच्छरबाट दोस्रो स्थानमा रहेको छ । 
 
आजकै अर्को खेलमा स्कटल्याण्ड र अष्ट्रेलिया भिड्ने छन । अष्ट्रेलीया ७ अंक सहित तालीकाको तेस्रो स्थानमा रहेको छ भने एक अंक पनि जोडन असफल स्कटल्याड पुच्छरमा छ । 
  
जारी खेलको ताजा अप्डेट तपाईले कालिका फएमको एसएमएस कोडबाट पनि थाहा पाउन सक्नुहुने छ । जसका लागी मोवाईलको म्यासेज बक्समा गई आईसीसी टाईप गरी ४८४८ मा सेण्ड गर्नुपर्ने छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award