खेलकुद

वल्र्डकपमा आज पनि दुई खेल वल्र्डकपमा आज पनि दुई खेल
कमला गुरुङ, कालिका फागुन २९
 
आई.सी.सी क्रिकेट वल्र्डकप अन्तर्गत अहिले बंगलादेश न्युजिल्याण्ड विरुद्ध ब्याटिङ गरिरहेको छ ।
ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले यो समाचार तयार पार्दा सम्म १३ दशमलव ५ ओभरको समाप्तिमा २. विकेट गुमाउदै ७२ रन जोडेको छ । अहिले सौम्य सरकार ३२ र महमुदुल्लाह १८ रनका साथ क्रिजमा छन् ।
 
यसअघि सुरुवाती ब्याट्सम्यान तमिम अक्वाल १३ रन बनाउदै आउट भएका छन् । इमरुल कायस २ रनका आउट भए । यी दुबै ब्याट्सम्यान न्युजिल्याण्डका बलर टे«न्ट बोल्टको बलमा आउट भएका हुन् । 
 
समूह ए मा रहेकोे न्युजिल्याण्डले खेलेको सबै खेलमा जित निकाल्दै १० अंक सहित तालिकाको शिर्ष स्थानमा छ । यस्तै तीनमा जित र एकमा हार निकालेको बंगलादेश सात अंक सहित चौथो स्थानमा छ । 
 
यस्तै, आज नै अफगानिस्तान र इङल्याण्ड बिच पनि खेल हुने भएको छ । सिड्नीमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ । एकमा जित र चार खेलमा हार बेहोरेको इङल्याण्ड दुई अंक सहित पाचौ स्थानमा छ । तर समान अंक भएको अफगानिस्तान रन रेटका आधारमा पुछारबाट दोस्रो स्थानमा छ । 
 
जारी खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुन्छ । जसका लागि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ ।  
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award