खेलकुद

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ, २८ फागुन । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा ४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता फागुन २९ गते शुक्रबारदेखि राजधानीमा हुने भएको छ । 
 
उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टोली, विभागीय नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपिएफ० क्लब गरी आठ टोलीका १७६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो । 
 
प्रत्येक टोलीबाट २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा पुरुष र महिला खेलाडीको सङ्ख्या बराबर रहेको छ । 
 
प्रतियोगितामा पुरुष तथा महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । 
 
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । रासस 

 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award