खेलकुद

विश्वकप क्रिकेटमा भारतद्धारा आयरल्याण्ड ८ विजकेटले पराजित ।
उर्गेन तामाङ, कालिका , फागुन २६ । आई.सी.सी वल्र्डकप क्रिकेट अन्तर्गत मंगलवारको खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको छ । आयरल्याण्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ३६ दशमलव ५ ओभरको समाप्तीमा मात्र २ विकेट गुमाउदै भेट्टायो । 
 
जितका लागी भारतका व्याट्सम्यान सिखर धवनले सतक प्रहार गरे । यस्तै रोहित सर्माले ६४ रनको यागदान दिए । भारतका विराट कोहली ४४ र अजिन्क्या राहाने ३३ रनका साथ नट आउट रहे । उता आयरल्याण्डका बलर स्टुअर्ड थम्पसनले २ विकेट लिएका थिए । 
 
यसअघि, ह्यामिल्टनमा टस जितेर ब्याटिङ्ग थालेको आयरल्याण्डले ४९ ओभरमा अल आउट हुँदै २ सय ५९ रन जोडेको थियो । आयरल्याण्डका लागि नेल ओब्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै विलियम पोर्टोफिलले ६७ तथा पउल स्टेर्लिङले ४२ रनको योगदान दिए भने अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन ।
 
आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा भारतका बलर मोहम्मद शामीले ३ ,रविचन्द्रन आश्विनले २ विकेट लिए । यस्तै, सुरेश रैना, मोहित शर्मा, रविन्द्र जडेजा र उमेश यादवले समान १÷१ विकेट लिए । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award