खेलकुद

भारतलाई हराउने तयारीमा आयरल्याण्ड भारतलाई हराउने तयारीमा आयरल्याण्ड
कमला गुरुङ, कालिका फागुन २६
 
आई.सी.सी क्रिकेट वल्र्डकपमा अहिले भारत र आयरल्याण्ड बिच खेल भैरहेको छ । ह्यामिल्टनमा टस जितेर ब्याटिङ्ग थालेको आयरल्याण्डले यो समाचार तयार पार्दा सम्म १६ ओभरका समाप्तिमा १ विकेट गुमाउदै ९१ रन जोडेको छ ।
 
अहिले विलियम पोटरफिल्ड  ४३ र इद जोयस १  रनका साथ क्रिजमा छन् । यस अघि पाउल स्ट्रीलिङ ४२ रन बनाउदै रविचन्द्रन आश्विनको बलमा आउट भए । 
 
समूह बी मा रहेर खेलेको भारतले चार खेलमै जित निकालेको छ । साथै ८ अंक सहित भारत तालिकाको पहिलो स्थानमा छ । यस्तै, तीनमा जित र एक हार निकालेको आयरल्याण्ड भने ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
 
भारत प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । तर आयरल्याण्डले आजको खेलमा भारतलाई हराउने हो भने क्वाटरफाइनलको यात्रा तय हुनेछ । 
 
जारी खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुन्छ । जसका लागि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award