- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
पोल्याण्डका माईकल प्याराग्लाईडिङ प्रि–वल्र्ड कप च्याम्पियन, नेपालीतर्फ विमल अधिकारी, महिलातर्फ ईमी प्रथम
गोकुल बाँनीया
पोखरा २२, फागुन ।
पोखरामा शुक्रबार सम्पन्न भएको प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप २०१५ का उपाधि पोल्याण्डका माईकल ग्रिल्याकले जितेका छन् । प्रतियोगितामा उनले ३६ देशका एक सय पचास पाईलटलाई पछि पार्दै नेपालमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि चुमेका हुन् । ३ दिनको टास्कको आधारमा उनले दुई हजार तीन सय अठार अंकजोड्दै उपाधि सहित पचास हजार नगद हात पार्न सफल भए ।
त्यसैगरी प्रतियोगितामा बेलायतका ईद्रिस व्रिच दोश्रो भए । उनले दुई हजार दुई सय बत्तिस अंकल्याउँदै दोश्रो भएका हुन् । उनले पुरस्कार स्वरुप चालिस हजार प्राप्त गरे । प्रतियोगितामा दुई हजार एक सय अठसठ्ठी अंक जोड्दै फ्रान्सका लुकास ब्रिन्र्डेन तेश्रो भए । उनले नगद ३० हजार पुरस्कार पाए ।
मंगलबारको आधादिन र बुधबार, विहिबार र शुक्रबारको आधा दिन टास्क गरी पूरा तीनदिनको टास्कको आधारमा जिपिएस प्रकृयाबाट उनीहरु विजेता भएकाहुन् । त्यसैगरी खुल्ला महिला तर्फको प्रतिष्पर्धामा जापानकी ईमि हिराकावा प्रथम भएकी छन् । उनले एक हजार सात सय आठ अंक जोड्दै उपाधि सहित तीस हजार प्राप्त गर्न सफल भईन ।
त्यसैगरी जर्मनीकी ईजाबेला म्यासेन्जर दोश्रो भईन भने रशियाकी अनाका जाकोभा तेश्रो भईन् । त्यसैगरी ओभरल नेपालीतर्फ विमल अधिकारी प्रथम भएका छन् । उनले एक हजार सात सय उनन्साठी अंकल्याउँदै उपाधि सहित तीस हजार प्राप्तगर्न सफल भए । एक हजार पाँच सय उनन्सत्तरी अंक जोडेका विशाल थापा दोश्रो हुँदै विस हजार हातपार्न सफल भए । विजय दाहाल तेश्रो भएभने अनिश भट्टराई चौथो र आशिष भट्टराई पाँचौ भए ।
त्यसै गरी नेपाली लिग च्याम्पीयन विमल अधिकारी भए । योगेश भट्टराई् दोश्रो भने सुसिल गुरुङ तेश्रो भए । समुह तर्फ पोखराको फन्ट्रीयर्स प्रथम भयो भने एट्रिव्युट दोश्रो र फ्लाईजीन तेश्रो भए । त्यसै गरी स्पोटर्स क्लासमा युक्रेनका स्टेफेन प्रथम, वेलायतका स्ट्यान दोश्रो र रसियाका माक्सीङ तेश्रो भए । विजयी खेलाडीहरुलाई सभासद शारदा पौडेल, पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष असोक पालिखे, पर्यटन व्यावसायी वासु त्रिपाठी, अग्नी कणेल, संयोजक सोवित वानिया, नाका अध्यक्ष योगेस भट्टराई, महासचिव वसन्तराज दवाडी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको औपचारीक समापनको अवसरमाबोल्दै उपप्रधानतथा गृह मन्त्रीबामदेव गौतमले प्याराग्लाईडिङ खेलको विकाशका लागि सहयोग गर्ने बताए । पोखराका पर्यटन व्यवसायीहरुलायई दोशल्ला सहितपूmलमालाले सम्मानगर्नुभएको थियो । प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागिभएको संयोजक सोवित बानियाँले बताए ।
प्रतियोगितामा एक नेपाली महिला सुनिता थापाले सहभागिता जनाएकी थिईन । प्रतियोगितामा १८ जना नेपाली पाईलट सहभागी भएको नाका महासचिव वसन्तराज दवाडीले बताए । प्रतियोगिहरुले सराङकोटबाट उडान भरी नौडाडा, ल्वाङ घलेल, घाचोक, पन्चासे, स्याङजाको भालु पहाड, पुनः अर्मलाहुदै फेवातालको केन्द्र विन्दु बनाएर अवतरण गरेका थिए ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





