खेलकुद

वेष्ट ईन्डीजलाई पाखा लगाउदै भारत नकआउट चरणमा प्रवेश

लक्ष्मी पौडेल कालिका फागुन २२ ।

बिश्वकप क्रिकेटको २८ औँ खेलमा भारतले वेष्ट ईन्डीजमाथी जित निकाल्दै क्वाटर फाईनलको यात्रा तय गरेको छ । पर्थ मैदानमा वेष्ट ईन्डीजले दिएको १ सय ८३ रनको लक्ष्य भारतले ३९ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । भारतको जीतका लागी कप्तान महेन्द्र सिंह धोनीले नट आउट ४५ रनको योगदान गरे । यस्तै रविचन्द्रन आश्विन १६ रनमा नटआउट रहे । बिराट कोहली ३३ रनमा एन्ड्री रुसेलको बलमा आउट भए । रुसेलले रविन्द्र जडेजालाई १३ रनमा समेटे ।

सुरेश रैना २२ रन बनाएर ड्वायन स्मिथको बलमा आउट भए भने अजन्क्या रहाने १४ रनमै किमार रोचको बलमा पेवेलीयन फर्किए । रोहित शर्मा ७ र शिखर धवन ९ रनमा आउट भए । जेरोम टेलरले दुवै विकेट लिएका हुन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेष्टईण्डिजले ४४ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र १ सय ८३ रन जोड्न सक्यो । जोसन होल्डरले ५७ रन बनाउनु बाहेक अन्य व्याट्म्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन । ड्यारेन समि २६, जोनाथन कार्टर र क्रिस गेल समान २१/२१  रन जोड्दा आउट भए । जारी विश्वकपमा भारतको यो लगातार चौथो जित हो ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award