खेलकुद

विश्वकप क्रिकेटः बंगलादेशद्धारा स्कटल्याण्ड ६ विकेटले पराजीत
कालिका फागुन २१ । 
 
आई.सी.सी क्रिकेट बल्र्डकपमा बंगलादेशले स्कटल्याण्डलाई ६ विकेटले हराएको छ ।  ३ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ओभर१ बलको समाप्तीमा ४ .विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । बंगलादेशका सकिब अल हसन ५२ र सब्बिर रेहमान ४२ रन बनाएका छन् ।
 
बंगलादेशका तामिम ईक्वाल ९५ , मुस्फिकर रहिम ६०, महमुदुल्लाह ६२ र सौम्या सरकार २ रन बनाउदै आउट भए । स्कटल्याण्डका बलर जोस डभेल २ विकेट लिए भने  इयान वाड्ल र एलास डायरले  समान १/१ विकेट लिएका छन् ।
 
यसअघि नेल्सन मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको  स्कटल्याण्डले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय १८ रन जाडेको छ । स्कटल्याण्डका लागि सुरुवाती ब्याट्सम्यान कायल कोटजेरले सर्वाधिक १ सय ५६ रनको योगदान दिएका छन् ।
 
यस्तै बंगलादेशका बलर टक्सिन एहमेदले ३ तथा नासिर होसेनले २ विकेट लिएका छन् । मसर्रफ मोरताजा, सकिब अल हसन, सब्बिर रहमानले समाज १/१ विकेट लिए । जारी ११ औँ विश्वकप संस्करणमा ३ खेल खेलेको बंगलदेशको यो पहिलो सफलता हो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award