खेलकुद

बंगलादेश क्वाटरफाइनमा पुग्ने तयारीमा बंगलादेश क्वाटरफाइनमा पुग्ने तयारीमा
कमला गुरुङ, कालिका फागुन २१–
 
आई.सी.सी क्रिकेट बल्र्डकप अन्तर्गत अहिले स्कटल्याण्ड र बंगलादेश बिच खेल भैरहेको छ । नेल्सनमा बंगलादेशले जस जितेर फिल्डिङ रोजेपछि स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ ।
 
यो समाचार तयार पार्दा सम्म स्कटल्याण्डले ४८ दशमलव १ ओभरको समाप्तिमा ५ विकेट गुमाउदै ३ सय ६ रन जोडेको छ । अहिले रिचाई बेरिङ्गटन २६ र म्याथ्यु क्रस १५ रनका साथ क्रिजमा छन् । 
 
यस अघि सुरुवाती ब्याट्सम्यान कायल कोटजेरले १ सय ५६ रनको योगदान दिएका छन् । यस्तै, प्रेस्टन मोमसेन ३९, मत मचन ३५, हासीम ग्राडिनर १९ र कलम म्याकलड ११ रन बनाउदै आउट भए । 
 
यस्तै बंगलादेशका बलर नासिर होसेनले २ विकेट लिएका छन् । मसर्रफ मोरताजा, टक्सिन एहमेद, सब्बिर रहमानले समाज १÷१ विकेट लिए । श्रीलंकासंग ठुलो अन्तरले पराजित भएपनि बंगलादेश निकै उत्साहित छ । 
 
जारी खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुन्छ । जसका लागि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award