खेलकुद

रेकर्डसहित अफगानिस्तानमाथी अष्ट्रेलीयाको जित ।
लक्ष्मी पौडेल, कालिका फागुन २०  ।
 
आईसिसि विश्वकपमा अफगानीस्तान बिरुद्धको एक दिवसीय खेलमा अष्ट्रेलीयाले नयाँ रेकर्डसंगै शानदार जित हात पारेको छ । पर्थमा टस हारेर ब्याटीङको निम्तो पाएको अष्ट्रेलीयाले पुरै ओभर खेल्दा ६ विकेट गमाएर ऐतीहासीक ४ सय १७ रन जोड्यो ।
 
बिशाल ४ सय १८ रनको लक्ष्य सहित जवाफी व्याटीङमा उत्रेको अफगानिस्तान ३७ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ४२ रनमा समेटीएपछी अष्ट्रेलीयाले शानदार २ सय ७५ रनको जीत आफ्नो पक्षमा पारेको हो । अष्ट्रेलीयाको जितका लागी डेभीड वार्नरले १ सय ७८ रनको उत्कृष्ट शतकीय पारी खेले । स्टेभन स्मिथ ९५, ग्लेन म्याक्सवेल ८८, जेम्स फल्कनर ७ र मिचेल मार्सले ८ रन बनाए । सुरुवाती ब्याट्सम्यान जाबेद अहमदी १३, उसमान घानी १२ र अस्घर स्टानीकजाई ४ रनमा आउट भए । 
 
अफगानिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलीयाका मिचेल जोनसोन एक्लैले ४ विकेट लिए । यस्तै मिचेल स्टार्क र जोश हाज्लेउडले समान २/२ विकेट लिए । मिचेल क्लार्क र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।
 
अफगानिस्तानका सापुर जाद्रन र दौलत जाद्रनले अष्ट्रेलीयाको समान २/२ विकेट लिएका थिए । यस्तै हमिद हसन र न्वरोज मंगलले १/१ विकेट लिए । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award