खेलकुद

अष्ट्रेलीयाका नाममा सर्वाधीक रनको रेकर्ड ।
लक्ष्मी पौडेल, कालिका फागुन २०  ।
आई.सी.सी विश्वकप क्रिकेटमा अष्ट्रेलीयाले विश्व रेकर्ड कायम गरेको छ । अफगानीस्तान बिरुद्धको एक दिवसीय खेलमा अष्ट्रेलीयाले ४ सय १७ रनको योगफल जोडेर विश्व रेकर्ड कायम गरेको हो ।
 
यसअघि यो रेकर्ड भारतका नाममा थियो । बुधबारको खेलमा अष्ट्रेलीयाले यसअघि भारतको नाममा रहेको ४ सय १३ रनको बिश्व रेकर्ड तोडीदिएको छ ।
 
टस हारेर ब्याटीङको निम्तो पाएको अष्ट्रेलीयाले पुरै ओभरको खेल सकिदा ६ विकेट गुमाएर ४ सय १७ रन बनाएको हो । पर्थमा जारी खेलमा अष्ट्रेलीयाका डेभीड वार्नर १ सय ७८ रनको उत्कृष्ट शतकीय पारी खेलेका छन् ।
 
स्टेभन स्मिथ ९५, ग्लेन म्याक्सवेल ८८, जेम्स फल्कनर ७ र मिचेल मार्सले ८ रन बनाएका छन् । ब्राड हाद्धीन २० रनमा नट आउट रहे । अफगानिस्तानका सापुर जाद्रन र दौलत जाद्रनले समान २/२ विकेट लिएका छन् । यस्तै हमिद हसन र न्वरोज मंगलले १/१ विकेट लिएका छन् ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award