खेलकुद

उद्घाटन खेलमा घरेलु क्लब मोरङलाई पराजीत गर्दै लुम्बिनी क्लब रुपन्देही विजयी
उद्धव घिमिरे 
विराटनगर, माघ २९ 
विराटनगरमा विहिवारदेखि विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०७१ सुरु भएको छ । टुर्नामेन्टको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीले ट्राइवेकरमा मोरङ फुटबल क्लबलाई हराउँदै विजयी भएको छ । 
 
खेलको निर्धारित समयमा दुबै टिमबाट समान १–१ गोलको बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा कुनैतपर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राइबेकरबाट लिनु परेको थियो । ट्राइबेकरमा लुम्बिनी क्लबले ४–३ गोल अन्तरले मोरङ फुटबल क्लबलाई पराजीत गरेको हो । 
 
खेलको ७२ औ मिनेटमा मोरङ फुटवल क्लवको तर्फबाट ६३ औ मिनेटमा टेकबहादुर लिम्बुको स्थानमा मैदान प्रवेश गरेका सन्तोष चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।  त्यसको १०  मिनेटपछि जगदम्बा लुम्बीनीका अनिल गुरुङले गोल गरी खेल बराबरीमा ल्याएका थिए । लुम्बिनिका विश्वास श्रेष्ठले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै अनिलले डिएरिया बक्सबाट गोल गरेका थिए ।
 
ट्राइबेकरमा लुम्बिनीका विश्वास श्रेष्ठ, रवि सिलवाल, कालु थापा र लक्ष्मण रुचालले गोल गरेका थिए भने बर्सात गुरुङले गरेको प्रहार मोरङका गोल किपर किसोर गीरीले रोकेका थिए । मोरङका विवेक बस्नेत, सन्तोष चौधरी र सुरेन थापाले गोल गरे भने जसबहादुर राई र राज पौडयालको प्रहार लुम्बिनीका गोल किपर तथा कप्तान दिलीप क्षेत्रीले रोकेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच मोरङका विवेक बस्नेत घोषित भएका थिए ।
 
यस अघि टुर्नामेन्टको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले एक कार्यक्रमका विच गर्नुभएको थियो । टुर्नामेन्टको भोली शुक्रवार हुने दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र ससत्र प्रहरी बलको एपिएफ क्लब विच हुने आयोजकले जनाएको छ ।
 
फागुन ९ गते गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ससत्र प्रहरी बल, त्रिभुवन आर्मी, मनाङमस्याङदी, थ्री स्टार ,नेपाल पुलिस क्लव, युनइटेड सिक्किम, झापा ११, जर्ज टेलिग्राफ कलकता, लुम्बिनी फुटवल क्लव र आयोजक मोरङ फुटवल क्लव सहित दश टीमको सहभागि रहेको छ  । प्रतियोगिताको पहिलो चरणमा पराजित हुने मिलाई ३० हजार, दोस्रो चरणमा पारजित हुनेलाई ७५ हजार र सेमी फाइनलमा पराजित हुने टिमलाई एकलाख प्रोत्साहन रकम प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई एउटा टिभिएस मोटरसाइकल प्रदान गरिने छ । 
 
प्रतियोगिता सञ्चालन गर्न करिब ९० लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ ।  प्रतियोगिताको बिजेताले ५ लाख एक हजार तथा उपविजेताले ३ लाख एक हजार नगदसहित शिल्ड तथा ट्रफी प्राप्त गर्नेछन् ।

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award