खेलकुद

राष्ट्रपति रनिङ सिल्ड क्षेत्रपाल उमाविलाई
त्रिशूली ९नुवाकोट०, २९ माघ ।
सातौंँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि प्रतियोगितामा चौघडाको क्षेत्रपाल उच्चमावि पहिलो भएर सिल्ड जित्न सफल भएको छ । 
 
जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोलनीमा सम्पन्न प्रतियोगितामा दुई सय ७० अङ्कका साथ क्षेत्रपाल पहिलो, ८३ अङ्कका साथ जेडी बोर्डिङ दोस्रो र ५७ अङ्कका साथ दिव्यरत्न बोर्डिङ तेस्रो भएको छ । प्रतियोगितामा ३५ विद्यालयका दुई सय ५० खेलाडीको सहभागितामा एथलेटिक्स, भलिबल र तेक्वान्दोको विभिन्न खेल समावेश गरिएको थियो । 
 
प्रतियोगितामा एथलेटिक्सतर्फ क्षेत्रपाल उमाविका रञ्जिता राई र सन्तोष राई, तेक्वान्दोमा छात्रतर्फ ऐंसलु माविका निरज तामाङ र युनिभर्सल बोर्डिङका उर्मिला तामाङ, भलिबलमा सीता माविका आयुष तामाङ र क्षेत्रपाल उमाविका विनिता तामाङ उत्कृष्ट खेलाडी घोषित भएको नुवाकोट तेक्वान्दो सङ्घका प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिनुभयो । 
 
प्रतियोगिताको भलिबलमा छात्रातर्फ दिव्यरत्नलाई पराजित गर्दै क्षेत्रपाल तथा छात्रतर्फ सानोकिम्ताङ माविलाई पराजित गरी सीता मावि विजयी भएका थिए । प्रतियोगिता समापन समारोहमा प्रजिअ कोषहरि निरौला, स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीलगायतले विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award