खेलकुद

चितवनमा पहिलो पटक राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुने
माघ २४ । 
चितवनमा पहिलो पटक राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । भरतपुर उपमहानगरपालिका २७ पदमपोखरीको खेलमैदानमा फागनु ४ गतेदेखि ६ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुनलागेको हो । पद्मोदय युवा क्लव चितवनले आयोजना गरेको राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा ५ वटै विकास क्षेत्रका टिम,३ विभागिय टिम, त्रिभुवन विश्वविद्यालयको टिम, ढोरपाटन युवा क्लव, सामाखुशि युवा क्लव र आयोजक सहितका एक दर्जन राष्ट्रिय टिमहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 
 
क्लवका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रामहरी सेढाईले प्रतियोगिताको प्राविधिक तथा खेल मैदानको तयारी पुरा भएको जानकारी दिनुभयो । उहाले खेलप्रति आर्कषण बढाउदै राष्ट्रियस्तरका खेलमा सहभागि हुन भलिबल टिमहरुलाई उत्प्रेरणा थप्ने बताउनुभयो । प्रतियोगिताका प्रथम, दितिय, तेतिय र सान्तवना हुने टिमहरुले क्रमश १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करीव २० लाख खर्च लाग्ने आर्थिक समिति संयोजक मुक्त बहादुर पौडेलले जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा वर्षेनि स्थानिय स्तर, जिल्लास्तरका प्रतियोगिता गर्दै आएको क्लवले यस वर्षदेखि राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।
 

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award