अर्थ - वाणिज्य

आर्थिक गणना वैशाखदेखि आर्थिक गणना वैशाखदेखि
भक्तपुर, २६ चैत, रासस
आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना शुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ । 
 
आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार पार्न जिल्लामा ६१ गणक र नौ निरीक्षक छनोट भई ब्यासीस्थित वासु माविमा शुरु भएको तालीमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले देशमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 
 
 
आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणक सबै व्यावसायिक आर्थिक एकाई अर्थात् प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गरिनेछ । वैशाख र जेठ महिना आर्थिक एकाईको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने भएको छ । 
 
जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक छनोट भई तालीममा सहभागी गराइएको बताउनुभयो । आर्थिक गणनामा कुनै पनि व्यावसायिक आर्थिक एकाई नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण दिइएको छ । वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारमको प्रयोग गरी आर्थिक एकाईको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गरिने उहाँको भनाइ छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award