अर्थ - वाणिज्य

प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च
काठमाडौँ, २३ चैत, रासस
राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । 
 
अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताउनुभयो । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । 
 
विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award