अर्थ - वाणिज्य

मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग
बेनी, म्याग्दी, २३ चैत, रासस
वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई रु एक लाख ४५ हजार सहयोग जुटेको छ । 
 
रोका परिवारको अवस्थासम्बन्धी यही चैत १६ गते राससमा प्रकाशित समाचारलाई विभिन्न सञ्चारमाध्यमले प्रकाशन÷प्रकाशन गरेपछि स्वदेश तथा विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग आउने क्रम शुरु भएको छ । 
 
एउटै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि विक्षिप्त बनेका रोकाका बुबाआमा र घर परिवारलाई आर्थिक सहयोगको आवश्यकता छ । मृतक रोकाका ७२ वर्षीय बुबा धनबहादुर रोका पक्षाघातबाट ग्रस्त हुनुहुन्छ भने र ६८ वर्षीया आमा लीलमति पेट र मुटुकी रोगी हुनुहुन्छ । 
 
मृतक रोकाको काजक्रिया गर्न र धनबहादुर र लिलमतिको उपचारका लागि आर्थिक अभाव भइरहेको समयमा कतारमा रहेका म्याग्देलीबाट रु ८० हजार ८३० र दरवाङवासीबाट संकलन गरिएको रकम गरी रु एक लाख ४५ हजार ८३० रोका परिवारलाई हस्तान्तरण गरिएको छ । 
 
दरवाङका वीरेन्द्र पुनमगरले कतारका साथै दरवाङमा समेत संकलन गरी एकमुष्ठ रु एक लाख ४५ हजार ८३० मृतकका साइला दाजु थमबहादुर रोकालाई हस्तान्तरण गर्नुभएको हो । घरमा आर्थिक जोहो गर्ने कान्छो छोराको समेत मृत्यु भएपछि वृद्धवृद्धाको औषधोपचार तथा रेखदेखमा सघाउने उद्देश्यले आर्थिक सहयोग गरिएको पुनले बताउनुभयो । 
 
मृतक रोका परिवारका चार भाइमध्ये जेठा तमबहादुर रोका, माइला भक्तबहादुर रोका र कान्छा धर्मलाल रोकाको विदेशमा सुतेकोसुत्यै मृत्यु भएको थियो । रोका परिवारको सहयोगका लागि देश विदेशमा रहेका म्याग्देली एवं संघसंस्थाले सहयोग अभियान शुरु गरेका छन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award