अर्थ - वाणिज्य

दोहोरो अंकले घट्यो शेयर बजार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौँ, १८ चैत, रासस
धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । 
 
नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४।०५ अंकले ओरालो लागेर एक हजार १९६।२४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५।१९ बिन्दुले ओरालो लागेर २५५।६९ बिन्दुमा पुगेको छ । 
 
आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ । 
 
आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२।०१, होटल २७।२९, विकास बैंक ३६।१, जलविद्युत् ३७।१४, वित्त ७।१७, बीमा १४८।७७, उत्पादन १५, अन्य ५।६७, माइक्रोफाइनान्स २६।२४ बिन्दुले ओरालो लागेको छ । 
 
अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्नुभएपछि बजार बढ्ने आश गरिएको भए पनि बजारले सोअनुसार काम नगरेको सम्बद्ध पक्षको भनाइ छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award