अर्थ - वाणिज्य

शेयर बजारमा सुधार ः ३९ अंकले बढ्यो नेप्से शेयर बजारमा सुधार ः ३९ अंकले बढ्यो नेप्से
काठमाडौँ, १३ चैत, रासस
सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९।१६ बिन्दुले बढेको छ । 
 
नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८।०९ बिन्दुले बढेर २५७।७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ । 
 
व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लागेका छन् । व्यापार समूह ३।१३ बिन्दुले ओरालो लाग्दा बैंकिङ ३३।२७, होटल १२६।२६, विकास बैंक ४१।७, जलविद्युत् ६१।७७, फाइनान्स २।४३, बीमा २९३।८६, उत्पादन १४।७६, अन्य ३।८८ र माइक्रोफाइनान्स समूह ६५।५ बिन्दुले उकालो लागेको छ । 
 
निरन्तर शेयर बजार ओरालो लागेपछि लगानीकर्ता संघले सोमबारमात्रै बजार सुधारका लागि सरकारसँग माग गरेको थियो । संघको सकारात्मक पहलपछि बजारमा केही राहत महसुस गरिएको बताइएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award