अर्थ - वाणिज्य

विद्यालय पुनः निर्माण अभियानमा रु ५० लाख संकलन विद्यालय पुनः निर्माण अभियानमा रु ५० लाख संकलन
म्याग्दी, ५ चैत,रासस
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँै वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् । 
 
आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु ९नगेन्द्र० पुर्जाले बताउनुभयो ।
 
उहाँका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करीव रु ५० लाख आर्थिक संकलन भइसकेको छ । बेलायतमा रु ३० लाखभन्दा बढी र हङकङमा रु १२ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका सचिव पुर्जाले जानकारी दिनुभयो । 
 
अभियानका क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलावासीबाट रु एक करोड ५० लाख संकलन गर्ने र तीन वर्षको अवधिमा विद्यालयको पुनःनिर्माण गर्ने योजना रहेको अभियन्ताको भनाइ छ ।
 
तत्कालीन अवस्थामा रूखको बोटमुनि बाट पठनपाठन शुरु भएको उक्त विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरी निमाविको मान्यता दिएको थियो । यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालीन एसएलसी परीक्षामा विद्यार्थी सामेल भएका थिए । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award